वर्षाले पहाडी जिल्लाका यात्रु समस्यामा « Khabarhub

वर्षाले पहाडी जिल्लाका यात्रु समस्यामा


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी– लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ । वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा  यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन् ।

पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला-बेलामा अवरुद्ध भइरहेका छन् । राजमार्ग अवरुद्ध हुँदा दसैँ मनाएर फर्किने यात्रु घण्टौँसम्म बाटोमै बस्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कर्मचारी, विद्यार्थीलाई कार्यालय र विद्यालय सञ्चालन भइसकेकाले दसैँको टीका लगाएर फर्किरहेका हुन् । 

बैतडीबाट आठ घण्टामा महेन्द्रनगर पुगिने भए पनि पहिराले ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा १३ घण्टामा पुगिएको गोकर्ण विष्टले बताए । लगातारको वर्षाले कतिबेला पहिरो जाने हो भनेर चिन्तामा यात्रा गर्नुपरिरहेको हो । निरन्तरको वर्षाले ग्रामीण सडक पनि अवरुद्ध हुँदा दसैँ मनाएर फर्किनेसमेत समस्यामा परेका छन् । राजमार्ग क्षेत्रमा पहिराको जोखिम र ग्रामीण सडक हिलाम्मे हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

यस्तै लगातारको वर्षाका कारण यात्रामा जोखिम हुने भन्दै धेरैजसो गाउँबाटै फर्किन पाएका छैनन् । बाटोमा सडक अवरुद्ध हुने समस्या र जोखिमपूर्ण यात्रा हुने भएकाले काठमाडौँ जानबाट रोकिएको दोगडाकेदार–३ श्रीकोटका लोकेन्द्र नाथले बताए । बाटोमा गएर जोखिममा पर्नुभन्दा बरू एक–दुई दिन ढिला जाने तयारी गरेको भए पनि वर्षा नरोकिँदा यात्रा नै अनिश्चित बनेको उनको भनाइ छ ।

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने गरिएको भए पनि लगातारको वर्षाले पुनः अवरुद्ध हुने गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। राजमार्ग क्षेत्रमा डोजर तयारी अवस्थामा राखिएका भए पनि ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले समस्या हुने गरेको उनको भनाइ छ ।

यसैबीच निरन्तरको वर्षाले सुदूरपहाडको जनजीवन प्रभावित बनेको छ । वर्षाले दैनिक कामकाज गर्न, विद्यालय जाने बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने मजदुर, किसानलगायत सबै क्षेत्र प्रभावित बनेको छ । वर्षाले विद्यार्थीको उपस्थिति पनि न्यून रहेकाले पठनपाठन कार्य पनि प्रभावित भएको दोगडाकेदार-७ स्थित भुमेश्वर माविका शिक्षक कृष्णसिंह विष्टले बताए । वर्षाले जाडो पनि बढायो, यसले बालबालिका पनि उपस्थित कमै भएका विष्टको भनाइ छ । पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरुद्ध छ । सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो ।

पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार-३ श्रीकोटका दलजित विष्टले बताए । खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागिरथी भट्टले बताइन्। केही ठाउँमा काटेको खर कुहिन थालेको र  कुनै ठाउँका किसानले  खर काट्न नपाउँदा  किसान चिन्तित भएका छन् । 

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : २० बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान