उम्मेदवारी दर्तापछि चुनावी सरगर्मी | Khabarhub Khabarhub

उम्मेदवारी दर्तापछि चुनावी सरगर्मी


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको बताइन्छ । 

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा हुनुहुन्छ । विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारसँग पराजित उनी यसपटक निर्वाचन जित्ने बताउँछन् । गत निर्वाचनमा जनतामा असमझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यस पटक तनहुँका जनताले विजयी गराउने विश्वास व्यक्त गर्छन् । 

उता क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्व वनमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट शंकर भण्डारी र नेकपा (एमाले) बाट किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

गण्डकी प्रदेशका समेत पूर्व अर्थमन्त्री रहनुभएका गुरुङ मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवार बनेको बताउँछन् । उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावको माहोल बनेको अधिवक्ता भानुभक्त सुवेदीको भनाइ छ । ‘उम्मेदवारी दर्ता अगाडि पनि चुनावको चर्चा हुने गरेको थियो, अब त उम्मेदवारी दर्ता नै भइसकेपछि झन् माहोल चुनावमय बन्यो,’ उनले भने ।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ सिट गुमाएको थियो । यो पटक छ वटै सिट कांग्रेस र गठबन्धनलाई विजयी गराउने हिसाबले निर्वाचनको तयारी गरिने नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल जानकारी दिए । 

निर्वाचनको तयारीस्वरूप सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् । नेकपा (एमाले) ले दुवै क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउने उपाध्यक्ष हरिराज कँडेलले बताए । तनहुँ क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनको पहिलो चरणको बैठक बसिसकेको र यसलाई निरन्तरता दिइने नेकपा (माओवादी) केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए । 

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका दशमध्ये पाँच, नेकपा (एमाले) ले चार र नेकपा (माओवादी) केन्द्रले एक स्थानीय तहमा विजय हासिल गरेको थियो ।

जिल्लामा दुई लाख अड्चालिस हजार चार सय ९५ मतदाता छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिक पछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता सङ्ख्या कायम गरेको हो । स्थानीय तहको निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता थिए । तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता कायम भएको छ । 

विसं २०७४ को प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार तीन सय ९६ मतदाता थिए । पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका हुन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (२) मा ५६ हजार तीन सय ४६ मतदाता कायम भएका छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार नौ सय ७३ मतदाता कायम भएका छन् । 

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ३ : ०० बजे

सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना

काठमाडौं – बिलिनियर बिल गेट्सले सन् २०४५ सम्ममा आफूले कमाएको

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सिरहा– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका

झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु

टोटनहाम ४१ वर्षपछि युरोपेली उपाधिको नजिक

काठमाडौं – टोटनहाम हस्टस्पर्स युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

दोधारा चाँदनी– दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम