मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रामनारायण ठाकुर रहेका छन् । गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुर मृत्यु भएको हो ।    

मोटरसाइकलको पछाडि सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । 

हिजो साँझ ५ बजे ज ११ प ७५८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर  सडक छेउमा रहेको पोलमा ठोकिएको प्रहरी चौकी जिरोमाईल धनुषाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ४२ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै