फोहोरमैला व्यवस्थापनमा नगरपालिकालाई दुई करोडको भार   « Khabarhub

फोहोरमैला व्यवस्थापनमा नगरपालिकालाई दुई करोडको भार  


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा– निजगढ नगरपालिकाले ७ फागुन २०७७ मा ग्रीन एन्ड क्लिन सिटी हेटौँडासँग फोहोरमैला व्यवस्थापन सम्बन्धमा सम्झौता गरेको थियो ।
पाँच वर्षसम्म निजगढ नगरको फोहोरमैला व्यवस्थापन गर्ने गरी ५० लाखमा सम्झौता गरेको नगरपालिकाले जनाएको थियो ।

देशभरका ठूला सहर र महानगरका लागि फोहोरमैला व्यवस्थापन चुनौती बनेको बेला निजगढ नगरले गरेको सम्झौतालाई सबैले स्वागत गरेका थिए ।
तर सम्झौतामा भने फरक रहेको पाइएको छ । सम्झौताअनुसार निजगढ नगरपालिकाले पाँच वर्षमा दुई करोड १८ लाख ५० हजार चार सय ग्रीन एन्ड क्लिन सिटी हेटौंडालाई भुक्तानी दिनुपर्ने सहमति भएको देखिन्छ । 

नगरपालिकाले पहिलो वर्षमा ६५ लाख, दोस्रो वर्षमा ५२ लाख, तेस्रो वर्षमा ४१ लख ६० हजार, चौथो वर्षमा ३३ लाख २८ हजार र अन्तिम पाँचौँ वर्षमा २६ लाख ६२ हजार ४ सय भुक्तानी नगरपालिकाले दिनुपर्ने सहमति भएको देखिन्छ । 

फोहोर व्यवस्थापनका लागि अस्थायी ल्याण्डफिल साइटसमेत बनाएको छैन । कोल्हवीको जंगलमा संकलन गरेको फोहोर ग्रीन एन्ड क्लिन सिटी हेटौंडाले तीन वर्षदेखि यहाँ फोहोर फालिरहेको छ । संकलन गरिएको फोहोर प्रशोधन नगरी लगेर फाल्ने गरिन्छ । यस्तो ल्याण्डफिल साइट वातावरण र मानवीय स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ ।

करिब ४० हजार जनसंख्या रहेको निजगढ नगरपालिकाको साबिक निजगढ गाउँपालिकामा २० हजार जनसंख्या रहेको छ । यस क्षेत्रमा मासिक पाँच टन फोहोर उत्पादन हुने गर्दछ । यसका निम्ति कुनै अन्य निकायको आवश्यकतासमेत पर्दैन । नगरले नै फोहोर संकलन गरेर मोहोर बनाउन सक्छ ।

सम्झौताअनुसार फोहोरमैला कानुन, वन वातावरण संरक्षण र जनस्वास्थ्यविपरीत निजगढ बकैया पुल दक्षिणतर्फको नदी किनारमा डम्पिङ गर्दै आगो लगाउँदै प्लास्टिक, शीशा, धातुजन्य फोहोर मैला व्यवस्थापन गर्दै आएको छ । यो सम्झौता २०८२ माघ मसान्तसम्म लागू हुने सम्झौतामा उल्लेख छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : १४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्