मनाइँदै विश्व दृष्टि दिवस  « Khabarhub

मनाइँदै विश्व दृष्टि दिवस 


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज अक्टोबर १३ अर्थात् विश्व दृष्टि दिवस। ‘आँखालाई माया गरौँ’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउन तथा आँखा उपचारको क्षेत्रमा पहुँच अभिवृद्धि गर्नका लागि सन् १९९८ देखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन (आइएपिबी)ले संयुक्त रुपमा यो दिवस मनाउन थालेको हो।

नेपालमा हाल १ लाख २० हजार जनामा अन्धोपनको समस्या रहेको छ। अन्धोपनको प्रमुख कारणमा मोतीयाविन्दुको हिस्सा ६५ प्रतिशत रहेको छ। नेपालमा अन्धोपनको दर सन् १९८१ मा ०.८४ प्रतिशत रहेकोमा सन् २०११ सम्म आइपुग्दा ०.३५ प्रतिशतमा झरेको छ।

नेपालमा सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी देखिए पनि जनसंख्या र जेष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टि दोषको समस्या त्यति फरक परेको देखिएको छैन। नेपालमा हाल करिब ५० हजार दृष्टिविहीन रहेको अनुमान छ।

संगठनका अनुसार विश्वमा २२० करोड मानिसहरू दृष्टिदोष र दृष्टिविहीनताको समस्याबाट प्रभावित छन्। त्यसमध्ये ३ करोड ९० लाख मानिसमा अन्धोपनको समस्या छ भने १०० करोड मानिसमा आँखाको उपचारको पहुँच पुग्न सकेको छैन। विश्वमा कुल दृष्टिविहिनमध्ये करिब ६५ प्रतिशत मानिस ५० वर्ष उमेर माथिका रहेका छन्।

संसारभर झन्डै २ अर्ब २० करोड मानिसहरूमा दृष्टिसम्बन्धी समस्या रहेको छ। झन्डै १ अर्ब मानिसहरू अहिले पनि आँखा सेवाबाट वञ्चित रहेका छन्।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १२ : २३ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी