मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु « Khabarhub

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको भीमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कृष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर सख्त बनाएकामा  उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो । यस्तै भीमफेदी–६ जुरिखेतमा भीरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ । 

स्थानीय ३२ वर्षीया समिता रानामगर  बुधबार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । मृतक रानामगरको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  २ : १८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने