सत्ता गठबन्धन बैठक : चार सदस्यीय मस्यौदा समिति गठन « Khabarhub

सत्ता गठबन्धन बैठक : चार सदस्यीय मस्यौदा समिति गठन


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ गठबन्धनले आसन्नत प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि गठबन्धनले चार सदस्यीय मस्यौदा समिति गठन गरेको छ ।

समितिमा प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सदस्य रहेका छन् । बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय समेत गरेको छ । केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वमा तथा प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यस्तै सत्ता गठबन्धनले निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो ।

बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय गरेको हो । कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्ने जनाएको छ । यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने छ । कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ ।

कार्तिक ५ गते जनकपुर, कार्तिक ६ गते धनगढीमा भेला हुनेछ । भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कार्तिक ७ गते काठमाडौंमा हुने भेलाको माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ ।

कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी हुने गठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ८ : ३० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित