सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने | Khabarhub Khabarhub

सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको हो ।

नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् ।  नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ५५ बजे

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

प्रि ओपन सेसन : एक अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच  सुविधा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो