डडेलधुरामा काँग्रेस(विपी)का मल्ललाई नसघाउने एमालेको घोषणा « Khabarhub

डडेलधुरामा काँग्रेस(विपी)का मल्ललाई नसघाउने एमालेको घोषणा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले डडेलधुरामा नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गर्ने निर्णय गरेको हो । अब एमाले यस क्षेत्रमा गरी एकलरुपमा निर्वाचनमा होमिने भएको छ।

नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस विपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको ‘क’ र ‘ख’ दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाली कांग्रेस (विपी) र प्रदेश सभा अन्तर्गत १ र २ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवारले चुनावी तालमेल गरी निर्वाचनमा होमिने सहमति भएकोमा कांग्रेस (विपी) ले उक्त सहमति उल्लङ्घन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेकपा (एमाले) ले डडेल्धुरा जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पठान सिंह बोहरा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा गजेन्द्र बहादुर शाहीलाई मत दिन अपिल गरेको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : २७ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार