पानी नपर्दा किसान निरास, सुक्न थाले ब्याड | Khabarhub Khabarhub

पानी नपर्दा किसान निरास, सुक्न थाले ब्याड


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मध्यअसार भइसक्दा पनि रुपन्देहीका किसानले रोपाइँ गर्न पाएका छैनन्। मनसुन सक्रिय नहुँदा ब्याडमा समेत धाँजा फाटेको छ। कतै बीउ छरिएको छैन, बीउ उम्रिएको खेत चिरा-चिरा परेको छ। झमझम वर्षा हुने समयमा चर्को घाम र तापक्रम ३८/४० डिग्री छ। सिँचाइ गर्ने सानो टयुबेल पनि सुक्दै गएको छ। खेत बाँझै रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

‘वर्षा नहुँदा हामीलाई धेरै समस्या परेको छ’, ओमसतिया-४ वसन्तपुरमा खेतमा बीउ उखेल्दै भेटिएका किसान अमिरुल्लाह खानले भने, ‘सिँचाइका लागि भएको एउटा सानो ट्युबेल पनि सुक्दै गएको छ। खेतीकिसानी गरेर परिवारको गुजारा नै चलाउन गाह्रो भो।’

लामो प्रतीक्षापछि पनि मनसुन सक्रिय नहुँदा रुपन्देहीका कृषक दुखित छन्। खेतमा पानी हालेर भए पनि रोपाइँ गर्ने सुरसार गरिरहेका कृषकका लागि भूमिगत पानी पनि सुक्दा समस्या परेको छ।

छिटफुट वर्षा भइरहे पनि आधा घण्टा लामो पानी परेको छैन। रुपन्देहीमा न्यून सिँचाइ सुविधा उपलब्ध छ। मौसमकै भरमा खेतीपाती गर्नुपर्ने बाध्यता हुन्छ। ‘अहिले पानी परेको छैन। बढी खर्च गरी रोपाइँ गरे पनि पछि धानको मूल्य पाइँदैन’, किसान खानले भने। रोपाइँ गर्नेले पनि जसोतसो खेतमा भूमिगत पानी हालेर रोपाइँ गरिरहेका छन्। यो खर्चिलो हुँदा किसान मारमा छन्।

मोरङ बूढीगंगा गाउँपालिका-३ मुडेरीका सत्यनारायण राजवंशीले अघिल्लो वर्ष असार १५ मा रोपाइँ आधा सकेका थिए। धान रोप्दै असार १५ मा दही, चिउरा खाएको उनी सम्झन्छन्। उनले यस वर्ष भने रोपाइँ सुरु नै गरेका छैनन्। धानको बीउ खडेरीले सुक्न थालेको छ।

अब पानी पर्‍यो भने पनि बीउले पुग्दैन। खेत अड्कलेर राखेको बीउ खडेरीले सुकेपछि आधा खेत पनि नभ्याउनेमा उनी चिन्तित छन्। ‘बीउ राख्दा पानी नभएर कठिन भयो’, उनले भने, ‘अलिअलि उम्रिएको बीउ पनि सबै खडेरीले खायो। बीउ राखेको ब्याडै चिराचिरा परेको छ।’ वरपर धेरै किसानको खेत छ। तर, स्थलमार्ग कतैबाट पानी आउँदैन। अकासे पानीको भर पर्नुपर्ने बाध्यता छ।

प्रदेश १ का जिल्लामा यो वर्ष असार १४ सम्ममा १७.४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ। सबैभन्दा बढी भोजपुरमा ५५ प्रतिशत र कम ताप्लेजुङ र धनकुटामा ३/३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ। प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको निर्देशनालयका सूचना अधिकारी डाँगीको भनाइ छ। ५९ हजार ३ सय ५२.६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको हो।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ११ बजे

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ– बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न

म्याग्दीको मालिकास्थित डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको

इलामको माइखोला चिसापानी खण्डमा जलसतह बढ्यो

काठमाडौं– इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार