इलामको माइखोला चिसापानी खण्डमा जलसतह बढ्यो « Khabarhub

इलामको माइखोला चिसापानी खण्डमा जलसतह बढ्यो


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत आग्रह गरेको छ । विभागले नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, सुनसरीको सार्दु खोला, मदन भण्डारी राजमार्गको जलमापन केन्द्रमा जलसतह केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत सचेत गराएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ४७ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक