तीस दिनभित्र सूचना दिन राष्ट्रिय सूचना आयोगको आदेश « Khabarhub

तीस दिनभित्र सूचना दिन राष्ट्रिय सूचना आयोगको आदेश


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सूचना आयोगले सूचना मागकर्तालाई तीस दिनभित्र सूचना उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आदेश दिने निर्णय गरेको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले आदेश जारी गर्ने निर्णय गरेको हो ।

पत्रकार रविराज बरालले गत वर्ष भदौ १७ गते अर्थ मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सरकार मन्त्रिपरिषद्को मिति २०७१ माघ २२ गतेको बैठकको निर्णयानुसार गठित कर फछ्र्योट आयोग, २०७१ ले त्यस मन्त्रालयमार्फत २०७२ मङ्सिर २२ गते नेपाल सरकारलाई बुझाएको ‘नेपाल सरकार, कर फर्छ्योट आयोग, २०७१ को प्रतिवेदन’ को प्रमाणित प्रतिलिपिको सूचना पाऊँ भनी सूचनाको हकको निवेदन दर्ता गराएका थिए ।

अर्थ मन्त्रालयका तत्कालिन सचिव मधुकुमार मरासिनीले सरकार कर फछ्र्योट आयोग, २०७१ को प्रतिवेदनको प्रमाणित प्रतिलिपिको सूचना प्रवाह गर्न नमिल्ने भनी मन्त्रालयको मिति २०७८ असोज ११ को (मन्त्रिस्तरीय) निर्णयानुसार माग भएको सूचना गोप्य राख्ने निर्णयको जानकारी दिए। मन्त्रालयले सूचना लुकाउने निर्णय गरेर लिखित जानकारी गराएपछि पत्रकार बरालले मन्त्रालयको उक्त निर्णय बदर गरी माग गरेको सूचना उपलब्ध गराई पाउ भन्दै गत वर्ष कात्तिक ११ गते आयोगमा पुनरावेदन गरेका थिए।

पुनरावेदन परेपछि गत वर्षको कात्तिक १५ मा आयोगले मन्त्रालयलाई सात दिनभित्र लिखित जवाफ पठाउन आदेश जारी गरेको हो । उक्त आदेशको लामो समय बेवास्ता गरेको मन्त्रालयले आयोगको पटक–पटकको ताकेतापछि लिखित जवाफमा कर फछ्र्योट आयोग ऐन, २०३३ को दफा (१४)मा ‘आयोगमा प्रस्तुत गरिएका कागजपत्र तथा आयोगको कारबाहीको सिलसिलामा कुनै स्रोतबाट थाहा हुन आएका कुरा गोप्य राख्नु पर्नेछ । त्यस्तो कागजपत्र र गोप्य कुरा कर निर्धारण वा असुलीको प्रयोजनको निमित्तबाहेक अन्य काममा प्रकाश गरिने वा कुनै अदालतमा प्रमाण लाग्ने छैन र नेपाल सरकारको अनुमतिबिना कुनै अधिकारीले निरीक्षण वा अनुसन्धानका लागि समेत माग गर्न सक्ने छैन’ भन्ने व्यवस्था भएको जनाउँदै सूचना दिन नमिल्ने जिकिर गरेको थियो ।

यसैगरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) को खण्ड (ग) बमोजिम आर्थिक, व्यापारिक तथा मौद्रिक हितवा बौद्धिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने विषयको सूचना प्रवाह नगरिने व्यवस्था भएको, सूचनाको हक कार्यान्वयन निर्देशिका, २०७० को परिच्छेद २ को दफा ३ को उपदफा (३)को खण्ड (ग)मा समेत आर्थिक, व्यापारिक तथा मौद्रिक हित या बौद्धिक सम्पत्तिको संरक्षण वा वैविक वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने विषयको सूचना प्रवाह नगरिने व्यवस्था भएको र उक्त प्रतिवेदन सार्वजनिक भएको विषयवस्तु नरहेको आधार र कारण देखाउँदै सूचना लुकाएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : ५८ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा