रासायनिक मल उद्योगका लागि जग्गा अवलोकन « Khabarhub

रासायनिक मल उद्योगका लागि जग्गा अवलोकन


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बाग्मती प्रदेश सरकारको पहलमा ७८ अरबदेखि एक खर्बसम्मको लागत अनुमान रहेको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जग्गा हेरिएको छ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उद्योग तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ र लगानी कम्पनी थाइल्याण्डको मछाडा इन्टरनेसनलकी कार्यकारी प्रमुख पोलिथकलम्फेच थमाचाट्मान खोललाई गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उद्योगलाई उपयुक्त हुने जग्गा देखाएका हुन् ।

जग्गा खोजीकार्यसँगै उद्योगले निर्माण र सञ्चालनको अनुमति पाएको डेढ वर्षभित्र उत्पादन सुरु गरिने लगानी कम्पनीले जनाएको छ । दुई लाख मेट्रिकटन उत्पादन लक्ष्य राखेको उद्योगले दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिने जनाइएको छ । पानीबाट एमोनिया ग्याँस छुट्याएर युरिया फर्ममा लैजाने प्रविधिको उक्त उद्योगका लागि कच्चा पदार्थ आयात गर्न नपर्ने कम्पनीकी कार्यकारी प्रमुख तुक्ताको भनाइ रहेको छ ।

व्यासायिकभन्दा पनि धार्मिकरुपले नेपालसँग जोडिएको बताउँदै तुक्ताले बुद्धको जन्मभुमीमा बसेर काम गर्न चाहेकोले उक्त प्रस्तावसहित नेपाल आउँदा स्वागत पाएकामा खुसी व्यक्त गरे। उनले हरिहरपुरगढी पुगेर लगभग जग्गा खोजीकार्य टुङ्गिएको र अब सरकारले अनुमति दिएमा काम अगाडि बढाउने जनाए । 

उक्त कम्पनीको नेपालतर्फका कर्मचारी राकेश महर्जनले नेपालमा रासायनिक मलको समस्या भएकाले पनि उक्त कम्पनीले चासो देखाएको बताए। पानी र बिजुलीबाहेक अन्य कच्चा पदार्थ नचाहिने कारण नै नेपाल उक्त उद्योगका लागि उपयुक्त स्थान रहेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले नेपालमा मलको समस्याका कारण कृषिमा लक्ष्य प्राप्त गर्न नसकेकाले उक्त कम्पनीलाई नेपालमा मल उत्पादन गर्ने वातावरण बनाउन प्रदेश सरकार लागिपरेको बताए ।

लगानीका हिसाबले नेपाल सरकारलाई समस्या हुने कारण मल उद्योग नेपाल सरकारले सञ्चालन गर्न नसकेको उनको भनाइ छ । मल उद्योग सञ्चालनमा आँउदा मलमात्र नभएर रोजगारी सृजना हुने कारणले पनि आफू उत्साहित भएको उनले जनाए ।

त्यसैगरी प्रदेशका उद्योग तथा आपूर्तिमन्त्री श्रेष्ठले उक्त उद्योगले उद्योग खोलिने स्थानको समेत विकास गर्ने जनाए । प्रदेश सरकारले आफै सञ्चालन गर्न सक्ने वा अनुदान ऋण लगानी गर्न सक्ने बजेट नभएका कारण विदेशी कम्पनीलाई भए पनि उत्पादन गर्न दिएर आवश्यकता पुरा गर्न प्रदेश सरकार लागिपरेको उनको भनाइ छ ।

हरिहरपुरगढीमा उक्त उद्योग सञ्चालनमा आएमा स्थानीयको जीवनस्तर माथि उठ्ने पालिका अध्यक्ष वाइबाले बताए । उक्त उद्योगले गाउँपालिकाको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा मन पराएको कारण स्थानियका तर्फबाट भरपुर सहयोग रहने उनको भनाइ छ ।

प्रस्तावित औद्योगिक क्षेत्रका लागि गाउँपालिकाले एक स्थानमा दुई सय २० बिगाहा र अर्को स्थानमा दुई सय ४० बिगाहा गरी जम्मा दुई स्थानमा तीन सय ६० बिगाहा जग्गा छुट्याएको र हालसम्म उक्त स्थानमा उद्योग नरहेको बताइएको छ । उद्योग सञ्चालनपछि दुई सयले प्रत्यक्ष र हजारौँले अप्रत्यक्ष लाभ लिनसक्ने बताइएको छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ४५ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले