उद्योग वाणिज्य संघ महोत्तरीमा भाँडभैलो « Khabarhub

उद्योग वाणिज्य संघ महोत्तरीमा भाँडभैलो


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – उद्योग वाणिज्य संघ बर्दिवासको नियमावलीलाई लिएर स्थानीय व्यापारीले आपत्ति जनाएका छन् ।आफू मातहतका केही पदाधिकारी बसेर नियमावली संशोधन गरेको व्यापारीको आरोप छ ।

संघको ६ वर्षदेखि साधारणसभा हुन नसक्दा पुरानो कार्यसमितिले नै कामलाई निरन्तरता दिइरहेको वेला नयाँ बन्ने कार्यसमितिसमेत पुरानो रहनेगरी नियमावली परिवर्तन गरेको व्यापारीको दाबी छ ।

उद्योग वाणिज्य संघको नियमावली अनुसार कार्यकारिणी समितिको अध्यक्ष पदमा उम्मेदवार हुन कम्तीमा एक कार्यकाल कार्यसमितिको कुनै पनि ६ जना प्रमुख पदाधिकारी सदस्यको कार्यसम्पादन गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।

यो नियमावलीले नयाँ नेतृत्व गर्न चाहनेलाई अकुंश लगाएको छ । विशेषगरी यही नियमावलीलाई लिएर बर्दिवासका व्यापारी आन्दोलित भएका हुन् । पुरानो पदाधिकारीलाई नै निरन्तरता दिनेगरी बनाएको नियमावली मान्य नहुने बर्दिवासका युवा व्यवसायी विमल बुढाथोकीको आक्रोश छ ।

लोकतान्त्रिक पद्धतिमा उद्योग वाणिज्य संघलाई तानाशाही बनाएको आरोप लगाउँदै अर्का युवा व्यवसायी कमल बस्नेतले कार्यवाहक अध्यक्ष कृष्ण गौतमलाई अध्यक्ष बनाउन चलखेल भएको बताए ।

आज विनायक ब्याङ्क्युटमा बसेको बैठकमा सहभागीले उद्योग वाणिज्य संघलाई स्वायत्त नाममा केही व्यक्तिले नियन्त्रण लिन खोजेको समेत आरोप लगाए ।

बैठकमा पूर्व नगरप्रमुख विदुर कार्कीको समेत उपस्थिति रहेको थियो । विधान र नियमावलीअनुसार पदाधिकारीको कार्यकाल तीन वर्ष रहने भएता पनि ६ वर्षदेखी अवैध भएकोप्रति कार्कीले प्रश्न उठाएका छन् ।

६ वर्षदेखी उद्योग वाणिज्य संघको कार्यसमिति नै नरहेको बताउँदै यदि नियमावली परिवर्तन भएको भए पनि त्यो पूर्णरुपमा अवैध भएको सहभागीको ठहर छ ।

कार्यसमितिका सदस्य डाकराज पोखरेल नियमावलीान २०७३ को नभएको जिकिर गर्छन् । नियमावलीमा अध्यक्ष उम्मेदवारको लागी ५० हजार र सदस्यहरूका लागि १० हजार १ सय रुपैयाँ शुल्क लाग्ने पनि नियमावली उल्लेख छ ।

शुल्कको विषयलाई लिएर पनि व्यापारीहरूले चर्को आवाज उठाएका छन् । सामान्य व्यापार गर्नेले नेतृत्व गर्ने क्षमता भएता पनि बन्देज लगाएको भन्दै व्यापारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

नियमावली परिवर्तन गरेका छैनौ : महासचिव

उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले नियमावली पुरानो नै भएको दाबी गरेका छन् ।

उद्योग वाणिज्य संघको नियमावली २०७३ यथावत् रहेको र त्यसमा कुनै फेरबदल नभएको जिकिर गर्दै महासचिव खतिवडाले व्यापारीले विरोधको लागी आरोप मात्र लगाएको बताए ।

ुहामीले कृष्ण गौतमलाई अध्यक्ष बनाउन नियमावली परिवर्तन गरेको जुन आरोप लगाइएको छ त्यो गलत हो,ु उनले भने, ुउक्त नियमावलीको विषयमा बर्दिबाँस निवासी अधिवक्ता विष्णु कार्कीलाई जानकारी छ ।ु

व्यापारीलाई नियमावली संशोधन गर्न साधारणसभा राखेर मार्गप्रस्त गर्दा पनि निरर्थक तर्क गरिरहेको खतिवडाको भनाइ छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : २० बजे

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर