श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते « Khabarhub

श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् ।

श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो ।

बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइते यात्रु र बस चालकलाई जाफना, पल्लई र किलिनोच्ची अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, श्रीलङ्कामा बाढीका कारण शनिबार कम्तीमा दुई जनाले ज्यान गुमाएका र पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना प्रभावित बनेका श्रीलङ्काली केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा १२० घरमा क्षति भएको छ । हम्बनटोटा, गाले, टिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, राजधानी कलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन् । २६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : १४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको