सिमसार जाने सडक कालोपत्रे गरिने « Khabarhub

सिमसार जाने सडक कालोपत्रे गरिने


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको कटारी नगरपालिका-५ स्थित सिमसार जाने सडकको स्तरोन्नती गरिने भएको छ । कटारी नगरपालिका-४ को विकास चोकदेखि, बर्मजिया, सिमसार, तीनतले सडकसण्ड स्तरउन्नतीका साथै कालोपत्रे गरिने भएको हो ।

कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले सहरी विकास मन्त्रालयले ९७ लाख बजेट विनियोजन गरेको जानकारी दिए । त्यसै गरी प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयले यही सडकलाई ९७ लाख नै बजेट छुट्याएको नगर प्रमुख श्रेष्ठले बताए । कटारी बजारबाट सिमसारसम्म जाने सडक कच्ची भएपछि यसलाई स्तरउन्नती गर्न मन्त्रालय तयार भएको हो ।

‘दुई वटा बजेट छुट्टाछुट्टै हो की एउटै हो यकिन गर्दछौँ नगर प्रमुख श्रेष्ठले भने ‘ दुवै बजेट आए कालोपत्रे गर्ने तयारीमा छौँ । यसअघि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १ बाट प्राविधिकहरू आएर यसको सर्वेक्षण गरी सकेका छन् । त्यसै गरी सहरी विकास मन्त्रालय अन्तर्गतका प्राविधिकहरुले समेत यस सडकको पहिलो चरणको सर्वेक्षण गरी सकेको छ ।

सिसाघारी सामुदायिक बन उपभोक्ता समितिद्वारा निर्मित र सञ्चालित सिमसार तथा पर्यापर्यटन क्षेत्रमा दैनिक सयौंको संख्यामा पर्यटकहरु पुग्ने गरेको समितिका संयोजक दिलबहादुर अधिकारीले बताए । कच्ची बाटोका कारण समस्या भोग्नुपर्ने यो सडक कालोपत्रे भए प्रदेश १ कै उदाहरणीय सिमसार बन्ने संयोजक अधिकारीको भनाई छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ३० बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार