करातेको स्वर्ण एपिएफ र पुलिसलाई « Khabarhub

करातेको स्वर्ण एपिएफ र पुलिसलाई


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्वत– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भइरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ। शनिबार अबेर सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वर्णिम मानन्धरले स्वर्ण पदक हात पार्नुभएको छ। बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं १ का आशिष मगर र नेपाल प्रहरीका महसुस तामाङले कास्य पदक हात पार्नुभएको हो।

त्यस्तै महिला एकल कातातर्फ नेपाल प्रहरीका चन्चला दनुवारले स्वर्ण, नेपाली सेनाका सङ्गीता मगरले रजत, कर्णाली प्रदेशका एलिसा रास्कोटी र सुदूरपश्चिम प्रदेशका वर्षा साउदले कास्य पदक हात पारेका छन्। पुरुष समूह काता र महिला समूह काताका प्रतियोगिता भने शनिबार साँझसम्म सम्पन्न हुने राष्ट्रिय कराते महासङ्घका प्रचार प्रमुख गजेन्द्र खपाङ्गीले जानकारी दिए। उनका अनुसार आज बिहान ८ बजेदेखि अन्य प्रतिस्पर्धाअन्तर्गतका प्रतियोगिता हुनेछन्।

यसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ केजी, र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरी चारवटा खेल हुनेछन्। यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछन्।

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजीभन्दा तल र पुरुष ८४ केजीभन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुनेछन्। यी विधाको सेमिफाइनल र फाइनल खेल सोही दिनको दिउँसो १ बजेपछि खेलाउने तयारी छ। कात्तिक १ गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चारवटा ‘इभेन्ट’ मा खेल हुनेछन्। यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो १ बजेपछि हुनेछन्।

आउँदो कात्तिक २ गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुनेछन्। टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछन्। करातेका मुख्य सहायक प्रशिक्षक तथा प्रतियोगिताका सदस्य दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश कराते ५३औँ राष्ट्रिय कराते प्रतियोगिता हो।

महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी कुल १९ ‘इभेन्ट’ मा खेल हुनेछ। ती ‘इभेन्ट’ बाट खेलाडीले ३२ स्वर्ण, ३२ रजत र ६४ कास्य गरी कुल एक सय २८ पदक प्राप्त गर्नेछन्। कराते सात प्रदेश, सेना, सशस्त्र प्रहरी र प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूह दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : ०० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा