इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु « Khabarhub

इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तेहरान– तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ ।

इभिन कारागारको वार्डका केही कैदीहरूबीच हिजो राति भएको झडप र आगलागीपछि सो दुर्घटना भएको हो । विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए।

घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो । प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : २८ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३