कोरियाको सीमा क्षेत्रमै ट्रम्पले किमलाई भेट्ने | Khabarhub Khabarhub

कोरियाको सीमा क्षेत्रमै ट्रम्पले किमलाई भेट्ने


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दक्षिण कोरिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आज (आइतबार) भेटवार्ता हुने भएको छ ।

ट्रम्पले पटक पटक गरेको आग्रहलाई स्वीकार गर्दै किम दुई कोरियाको सीमा क्षेत्रमा ट्रम्पसँग भेट्न राजी भएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने पक्का भएको दक्षिण कोरियाका राष्ट्रपति मोन जेइइनले बताएका छन् ।

यसअघि ट्रम्पको भेटवार्ताको प्रस्ताव सकारात्मक भएको बताएका किमले औपचारिक रुपमा भेट गर्ने भन्ने संकेत गरेका थिएनन् ।

ट्रम्पको सीमा क्षेत्र भ्रमणमा जाने आजको कार्यतालिका अनुसार नै दुई नेताबीचको भेटवार्ता हुने तय भएको हो ।

भेटबारेको धारणा सार्वजनिक गर्दै ट्रम्पले ‘उनीहरुले भेट्न इच्छुक रहेको’ प्रतिक्रिया दिएका छन् । वार्ता छोटो भएपनि एउटा ‘ह्याण्डसेक’को महत्व धेरै भएको उनको बताए।

यसअघि उनले उत्तर कोरियामा आफ्नो पाइला राख्नु कुनै समस्या नहुने बताएका थिए।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १० : १५ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना