पाकिस्तानमा सैनिक कारवाहीमा ७ लडाकुको मृत्यु « Khabarhub

पाकिस्तानमा सैनिक कारवाहीमा ७ लडाकुको मृत्यु


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सैनिक कारवाहीमा ७ आतङ्ककारी लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न दुई क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीमा परी सात आतङ्कवादी लडाकु मारिएका अधिकारीले बताएका छन् ।

आतङ्कवाद विरोधी विभाग (सिटिडी) ले देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा आतङ्कवादीको आश्रयस्थलमा सुरक्षाबलले छापा मारेको बताएको छ । उक्त कारवाहीका क्रममा छ आतङ्ककारी मारिनुको साथै र अन्य तीन भागेका सिटिडीले जनाएको छ ।

सीटीडीले आतङ्कवादीको लुक्ने ठाउँबाट हतियार र गोलाबारुद बरामद गरिएको बताएको छ । मारिएका आतङ्ककारीले बलुचिस्तानको राजधानी क्वेटामा संवेदनशील प्रतिष्ठानमा ठूलो आक्रमण गर्ने योजना बनाएका जनाइएको छ ।

यसबाहेक मुलुकको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाको जानिखेल क्षेत्रमा गरेको कारवाहीमा अर्का एक आतङ्ककारी मारिएको पाकिस्तानी अधिकारीले जनाएका छन् । उक्त क्षेत्रमा आतङ्ककारीहरु सुरक्षाबलविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरुपमा संलग्न रहेका जनाइएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : २५ बजे

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान संकलन

काठमाडौं– जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा

लेबनानमा इजरायली आक्रमण : पाँच जनाको मृत्यु, दुई घाइते

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

भोजपुर– भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथांका–  सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम