अघोषित नाकाबन्दीको मारमा माथिल्लो कर्णालीवासी « Khabarhub

अघोषित नाकाबन्दीको मारमा माथिल्लो कर्णालीवासी


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– माथिल्लो कर्णाली क्षेत्र यतिबेला अघोषित नाकाबन्दीको मार खेपी रहेको छ । माथिल्लो कर्णालीको भरपर्दो यातायात हवाइ सेवा हो तर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाले उडान तालिकाअनुसार उडान नभर्ने र निजी विमान कम्पनीहरू यतिबेला विदेशी पर्यटक बोक्न पूर्वतिर गएपछि  माथिल्लो कर्णालीले अघोषित नाकाबन्दीको मार  खोप्नु परेको हो ।

उडान हुँदा पनि यहाँका बासिन्दा दोब्बरभन्दा बढी भाडा तिर्न बाध्य छन् ।  नियमित उडान नभएका कारण यहाँको विमानस्थलमा एक सातादेखि यात्रुहरू थुप्रिएका छन् । टिकटका लागि स्थानीय प्रशासन घेराउदेखि विभिन्न आन्दोलन भइरहेका छन् । तर, जहाजको उडान कम हुँदा सकस भइरहेको छ । नेपाल एयरलाइन्सले सेडुअल घटाएको मात्रै छैन सेडुअलअनुसार समेत चलेको छैन ।

उडान सहज बनाउन पूर्वमन्त्री नरेश भण्डारीसहितको टोली पर्यटन मन्त्रालय पुगेर ध्यानाकर्षण गराएको छ । पूर्वमन्त्री भण्डारी, अर्थममन्त्रीका सल्लाहकार मनऋषि धितालसहितको टोलीले पर्यटन मन्त्रीलाई औपचारिक रुपमा ज्ञापन पत्र बुझाएको हो ।

सरकारले जुम्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशिल परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरू भने संवेदनहीन बनेका छन् । जुम्लासहित माथिल्लो कर्णालीका नागरिकको समस्यालाई मध्यनजर गर्दै संविधानसभा सदस्य तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गरेका छन् ।उनले अविरल वर्षाका कारण जुम्ला, कालिकोट, मुगुहुम्ला लगायतका कर्णाली प्रदेशका बासिन्दा अघोषित नाकाबन्दीको मारमा परेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ज्ञापनपत्र बुझ्दै माथिल्लो कर्णालीले भोगेको  सास्तीको बारेमा जानकार रहेको बताए । उनले भने, ‘निजी ययरलाइन्सलाई बोलायर उडान बढाउने पहल गर्छु ।’ उनले नेपाल एयरलाइन्सले समेत उडान थप्ने आश्वासन दिएका छन् ।  

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : २७ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि