हिन्दू महिलामाथि दुर्व्यवहार भएको भन्दै पाकिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

हिन्दू महिलामाथि दुर्व्यवहार भएको भन्दै पाकिस्तानमा प्रदर्शन


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू महिलामाथि दुर्व्यवहार गरिएको भन्दै पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । चोरीको आरोप लागेकी हिन्दू महिलामाथि दुव्र्यवहार भएको भन्दै पाकिस्तानका अल्पसङ्ख्यकले प्रदर्शनको आयोजना गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानको भवलपुर सहरमा महिलामाथि चोरीको बहानामा दुव्र्यवहार गरिएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनकारीले सहरको जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको जनाइएको छ ।

घरेलु कामदारका रुपमा कार्यरत ती महिलालाई स्थानीयहरुले उनको घरभित्रै प्रवेश गरी दुव्र्यवहार गरेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

अज्ञात व्यक्तिहरुको आक्रमणको सिकार बनेकी उनलाई उपचारार्थ स्थानीय स्वास्थ्य संस्था लगिएको थियो । यद्यपि चिकित्सकले उनको उपचार गर्न अस्वीकार गरेको र मेडिकल सर्टिफिकेट पनि नदिइएको जनाइएको छ ।

प्रदशनकारीहरुले घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : ३० बजे

एनआईसी एशिया बैंकले ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशत छुट पाउने

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चितको मागसहित नर्सहरूको विरोध प्रदर्शन

काठमाडौं– न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै

होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

काठमाडौं– कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार