गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत « Khabarhub

गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

तम्घास – प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

सामेबार गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए।
भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवार बनाउँदा पार्टी संरचना ध्वस्त हुने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ। गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए। भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारीलाई सहज भएको आँकलन गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : ४६ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने