प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् निर्वाचन क्षेत्र « Khabarhub

प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने यी हुन् निर्वाचन क्षेत्र


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार-प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५  समूहमा विभाजन गरेको छ । पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । 

दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार-प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार-प्रसारमा खर्च गर्न पाउनेछन् । 

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन् । पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । 

उम्मेदवारले प्रचार-प्रसारमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने २६ निर्वाचन क्षेत्रमा ताप्लेजुङ-१, पाँचथर-२, संखुवासभा-१, सोलुखुम्बु-१, खोटाङ-१, दोलखा-१, रामेछाप-१, काभ्रेपलाञ्चोक-१, काभ्रेपलाञ्चोक-२, मकवानपुर-१, मकवानपुर-२, गोरखा-१लमजुङ-१ रहेका छन् । 

यस्तै प्रतिनिध सभा निर्वाचन क्षेत्र अर्घाखाँची-१, रोल्पा-१, प्यूठान-१, दाङ-१, बर्दिया-१, बर्दिया-२, सल्यान-१, डोल्पा-१, हुम्ला-१, जाजरकोट-१, बझाङ-१, डोटी-१ र बैतडी-१ का उम्मेदवारले पनि ३३ लाख रुपैयाँ खर्च पाउनेछन् । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ३५ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री