'हाम्रो खानपान र जीवनशैलीले क्यान्सर बढ्यो' | Khabarhub Khabarhub

‘हाम्रो खानपान र जीवनशैलीले क्यान्सर बढ्यो’

‘क्यान्सरको उपचार हुन्छ, निको पनि हुन्छ’



क्यान्सर नसर्ने रोग हो। क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर समूहकालाई लाग्न सक्छ । शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ । हाम्रो शरीर २ सयभन्दा बढी विभिन्न प्रकारका खर्बौँ स–साना कोष र कोशिकाहरू मिलेर बनेको हुन्छ । यसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि या सामान्य भन्दा धेरै फैलिन्छ । अरु स्वस्थ कोशिकाहरूलाई पनि क्षति पुर्याउँछ । पाठेघरको मुखको क्यान्सर र ब्रेस्ट क्यान्सर फोक्सोको क्यान्सर र पेटको क्यान्सर लगायत अन्य धेरै क्यान्सरहरू हुने गरेका छन् । यसै विषयमा आधारित रहेर क्यान्सर रोग विशेषज्ञ डा. सौहार्द लोहनीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

क्यान्सरलाई हामीले कसरी बुझ्ने ?
क्यान्सर भनेको अहिलेको जल्दो बल्दो समस्या हो । हाम्रो दैनिक खानपान र जीवनशैलीको कारणले क्यान्सर बढिरहेको छ । यो एउटा रोग हो जसमा हाम्रो शरीरका कोषहरू अप्राकृतिक हिसाबले बिग्रिँदै बढ्दै गयो भने क्यान्सर हुने हो। कहिलेकाँही यो फैलिएर शरीरको अरु भागमा पनि जान सक्छ ।

पछिल्लो समय नेपालमा कस्तो क्यान्सर धेरै देखिएको छ ?
२०२० को ग्लोबुक्यानको डाटा अनुसार नेपालमा महिला र पुरुषमा बढी फोक्सोको क्यान्सर देखिएको छ । त्यो बाहेक महिलामा पाठेघरको मुखको क्यान्सर र ब्रेस्ट क्यान्सर रहेको छ । पुरुषमा सबै भन्दा बढी फोक्सो र पेटको क्यान्सर रहेको छ ।

क्यान्सर भयो भनेर पहिला नै हामीले घरमा बसेर कसरी थाहा पाउने त ?
क्यान्सरको भनेर छुट्टै लक्षण हुँदैन । त्यसैले शरीरमा घाउ भयो निको भएन । तौल घटेको, खोकी लाग्ने खाना रुचि कम हुने क्यान्सरको लक्षणहरू भएको हुनसक्छ । त्यसैले यस्तो संकेत देखियो भने डाक्टरकोमा गएर परामर्श लिँदा राम्ररी डाइग्नोसिस गर्न सकिन्छ ।

समस्या लिएर अस्पताल गए पछाडि क्यान्सर पत्ता लगाउन कस्तो कस्तो प्रक्रियामा जानु पर्दछ ?
कुनै लक्षण लिएर अस्पताल जानु भएको छ भने हामीले पहिलाको इतिहासबाट थाहा पाउँछौँ । त्यसबाट डाईग्नोसिस गर्छौँ । लक्षण भयो भन्दैमा बिरामीलाई अत्याउन र बढी खर्च गराउन भन्दा पनि सबै पत्ता लगाएर जाँदा राम्रो हुन्छ ।

क्यान्सरको उपचारमा कति खर्च लाग्न सक्छ ?
क्यान्सरको सुरुमा डाइग्नोसिस गर्दादेखि रोगको आधार हेरेर हुन्छ । साधारण रोग जुन सामान्य सर्जरीबाट हुन्छ भने थोरै पैसाले पनि हुन्छ । केमो थेरापी लगायतका थेरापीहरू गर्दा १००० देखि लिएर करोडौँसम्म पनि लाग्न सक्छ । सरकारले दिएको सहयोगले मात्र त पुग्दैन । अहिले स्वास्थ्य बिमाले पनि धेरै सहयोग गरेको छ ।

जो क्यान्सर रोगको उपचारको पहुँचमा छैनन्, तिनीहरूलाई पहुँचमा लैजान आधिकारिक सरकारी पक्ष, तपाई, हाम्रो कस्तो भूमिका रहन्छ ?
क्यान्सर भन्दा पनि हामीले हाम्रो नजिक स्वास्थ्य सुविधा सजिलै पाउनु पर्यो । नजिकको अस्पतालमा गएर जाँच गर्दा क्यान्सर जस्तो देखियो भने कुनै क्यान्सर विशेषज्ञकोमा पठाउने हो । त्यो बाहेक राम्ररी उपचार पाउन देशमा क्यान्सर अस्पतालहरू धेरै हुनु पर्यो । मेडिकल कलेजहरूमा क्यान्सर सम्बन्धी विशेषज्ञ हुनु पर्यो ।

पहिला क्यान्सर भएको भनेर थाहा पाउँदा पनि उपचारको पहुँच नभएर घर फर्किन बाध्य भएको सुनिन्थ्यो, अहिलेको अवस्था कस्तो छ त ?
क्यान्सरको इन्स्टिच्युटहरु विस्तारै विकास हुँदै गएका छन् । मुख्य क्यान्सरमा प्रयोग हुने ट्रिटमेन्ट भनेको सर्जरी, केमो थेरापी र रेडियो थेरापी हो । त्यसमा सर्जरी, केमो थेरापीहरू राम्रो विकास भएको छ । तर, रेडियो थेरापी ७० प्रतिशत क्यान्सरको बिरामीलाई रेडिएसन गर्नु पर्ने हुन्छ । त्यस्तो रेडिएसन भएको सेन्टर नेपालमा औलामा नै गनिने सेन्टर छन् त्यसमा सरकाले ध्यान दिनु पर्यो । सामान्य अस्पतालमा पनि क्यान्सरको एक सम्बन्धित विकास गर्न सकियो भने हाम्रो देशका क्यान्सर रोगीलाई उपचार गर्न सक्छौँ ।

कस्तो खाना खाँदा क्यान्सर हुन्छ त ?
हामीले गर्नै सबै कुराहरूले गर्दा पनि क्यान्सर हुनसक्छ । सेकुवाहरू मद्यपानहरूले क्यान्सर गराउन सक्छ । अहिले खानामा मिसाएका विभिन्न रासायनिक केमिकलले पनि क्यान्सर देखिएको विभिन्न डाटाहरूले जनाएका छन्। हरियो सागपातको कमी फलफूलको कम सेवनने पनि क्यान्सर हुन सक्छ ।

क्यान्सरको उपचार गराइरहँदा कस्तो कस्तो खाना खाने त ?
सकेसम्म स्वस्थ खाना, प्रोटिन युक्त खाना खाने । हरियो सागपातको कमी फलफूलहरू धेरै खाने गर्नुपर्छ ।

क्यान्सर लागेर निको भएका वा नजिक पुगेकाले के–के कुरामा ध्यान दिने त ?
नियमित रूपमा व्यायाम गर्ने, धूम्रपान मद्यपान नगर्ने, नियमित जाँच गर्ने, नियमित स्क्लीङ गर्ने । फ्लोअप गरिरहने गर्नुपर्छ ।

किमो चढाउँदा बिचमा छोड्दा पछि कसरी चढाइन्छ ?
पहिला त कारण के हो त्यो कुरामा भर पर्दछ । बिरामीले अलि निको भयो भने बीचमा नै उपचार र औषधिहरू छोड्नु हुन्छ । त्यसले गर्दा पछि फेरि रोग बल्झिन सक्छ । त्यसको लागि आफूले केही बन्द गर्नु पर्यो भने डाक्टरसँग परामर्श लिएर के गर्ने भनेर थाहा पाउन सकिन्छ । त्यसको अलावा केही छ कि सजिलो उपाय थाहा पाउन सकिन्छ ।

एउटा क्यान्सर रोग विशेषज्ञ भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
क्यान्सर रोग विशेषज्ञ भएको नाताले म पहिला क्यान्सर भयो अब मरिन्छ, उपचार छैन भन्ने सोचाई थियो । त्यसलाई परिवर्तन गरौँ । यो निको हुनसक्छ, उपचार हुनसक्छ । क्यान्सर लागेको छ भने नियमित रूपमा विशेषज्ञको परामर्शमा बस्ने, फ्लोअप गर्ने गरौँ । कतिपय क्यान्सर निको नभए पनि प्रेसर जस्तो मिलाएर राख्न सकिन्छ । त्यसैले समयमा कुनै लक्षण देखियो भने डाक्टरसँग परामर्श लिनुहोला भन्न चाहन्छु ।

(प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : २० बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि