‘मेरै कार्यकालमा देशलाई नयाँ बनाउँछु’ « Khabarhub

‘मेरै कार्यकालमा देशलाई नयाँ बनाउँछु’


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा देशलाई नयाँ स्वरुप दिने बताएका छन् । श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

सरकारले रोजगारीको उचित व्यवस्थापन गर्दै अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार समस्याको समाधानका लागि सरकार दृढ भएर लागेको बताए ।

उनले विदेशी साझेदार संस्थाहरुले पनि नेपालमा रोजगारीको सिर्जना गर्न सहयोग गर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘सरकारले बेरोजगार समस्याको समाधान गर्छ । त्यसका लागि हामी लागि परेका छौं । नेपालको विकासका लागि विदेशी सहयोग पनि आउने छ । यी सबै कुरालाई हामीले उचित व्यवस्थापन गर्दैं अघि बढिरहेका छौं ।’

उनले कसैलाई होच्याएर कोही अघि बढ्न नसक्ने भन्दै सबै मिलेर हिँड्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगार सिर्जनाका लागि चालेको कदम पूरा हुने दाबी गरे । उनले लक्ष्य अनुसार पाँच वर्षको अवधिमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिने भन्दै अर्को वर्ष पाँच लाख युवालाई रोजगारमा सहभागी गराउने काममा मन्त्रालय दृढताका साथ लागि परेको बताए ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले भने सरकारले रोजगार कार्यक्रमका विषयमा गरेको चर्चा जस्तो प्रगति नभएको आरोप लगाए । उनले झ्याली पिटेर रोजगारी सिर्जना नहुने भन्दै आन्तरिक श्रम बजारलाई बलियो बनाउने दिशामा मन्त्रालय लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : ३१ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा