शान्ति सेनालाई लक्षित गरी मालीमा गराइएको आक्रमणको राष्ट्रसङ्घ महासचिवद्वारा निन्दा « Khabarhub

शान्ति सेनालाई लक्षित गरी मालीमा गराइएको आक्रमणको राष्ट्रसङ्घ महासचिवद्वारा निन्दा


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालैमात्र संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि अफ्रिकी मुलुक मालीमा भएको हमला र हत्याको निन्दा गरेका छन् । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो । गस्तीमा रहेका उनीहरुमाथि भएको बम हमलामा परेर कम्तीमा पनि चार जना क्यानाडेली सैनिकको ज्यान गएको थियो ।

त्यसैगरी सो हमलामा परेर अरु केही सैनिक घाइते भएका थिए । उनले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा आक्रमणको निन्दा गरिएको जानकारी दिइएको छ ।

साथै सो विज्ञप्तिमा यसरी शान्ति स्थापनाका लागि खटिएका सेनामाथि हमला गर्नु र हत्या गर्नु अन्तर्राष्ट्रिय युद्ध अपराध अन्तर्गत पर्ने र यस्ता व्यक्तिलाई कडा भन्दा कडा कारवाही गरेर उनीहरुलाई कानूनी उपचारको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिइएको छ ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घ जहिले पनि शान्तिको पक्षमा रहेको भन्दै यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घले मालीका नागरिक र उनीहरुको शान्तिको चाहनाको पक्षमा रहेको स्पष्ट गरेका छन् ।

उनले मालीमा हिंसा मच्चाइरहेका सबै सदस्यहरुलाई हिंसाका बाटो छोडेर शान्तिपूर्ण मार्गमा लाग्न आग्रह गर्दै मालीको सरकारले शान्तिपूर्ण वार्ताका लागि वातावरण बनाउनुपर्ने पनि जोड दिएका छन् ।

यसअघि नै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गत सोमबार मालीमा राष्ट्रसङ्घीय शान्ति सेनामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

परिषद्का सदस्यहरुले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रले पीडित परिवारका साथै चाडप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । साथै उनीहरूले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

परिषद्का सदस्य राष्ट्रले मालीको सङ्क्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवद्र्धन गर्न र सम्बन्धित सेना योगदान गर्ने देशलाई प्रगतिबारे जानकारी दिन पनि आग्रह गरेका छन् ।

शान्ति सेनालाई लक्षित गरी आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुनसक्ने, सबै प्रकारका आतङ्कवाद अन्तरराष्ट्रिय शान्ति–सुरक्षाका लागि सबैभन्दा गम्भीर चुनौती भएकामा जोड दिँदै परिषद्ले मालीको सुरक्षास्थितिबारे पनि चासो एवम् चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : २५ बजे

सम्पत्ति छानबिन आयोग गठन गर्ने निर्णयप्रति नेडेवको स्वागत, पारदर्शितामा जोड

काठमाडौं – नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्यो

जुम्ला– राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल

फुङ्लिङ– जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र