म्यान्मारको इन्साइन जेलमा बम विष्फोट हुँदा ८ जनाको मृत्यु | Khabarhub Khabarhub

म्यान्मारको इन्साइन जेलमा बम विष्फोट हुँदा ८ जनाको मृत्यु


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारको कुख्यात इन्साइन जेलमा विष्फोट भएको छ । मुलुकको सबैभन्दा ठूलो सहर यङ्गुनमा रहेको उक्त जेलमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

जेलको प्रवेशद्वारमा दुईवटा पार्सल बम विष्फोट भएको जनाइएको छ । विष्फोटमा मृत्यु हुनेमध्ये तीन जना जेलका कर्मचारी र ५ जना जेल भ्रमणमा आएका मानिसहरु रहेको बीबीसीले जनाएको छ ।

मृतकमध्ये केही महिला र बन्दीका आफन्तहरु समेत रहेको जनाइएको छ ।

उक्त जेलमा १० हजार बन्दी राखिएको बताइन्छ । तीमध्ये अधिकांश राजनीतिक बन्दीहरु रहेका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । विष्फोटमा अरु १८ जना घाइते भएका छन् ।

अधिकारीहरुले जेलको हुलाकगृहमा बम विष्फोट भएको बताएका छन् । अर्को विष्फोट नभएको एउटा बम प्लास्टिकले बेरेर राखेको अवस्थामा पछि फेला परेको थियो ।

पूर्व राजधानी सहरमा रहेको उक्त जेल विशाल क्षेत्रफलमा फैलिएको छ । उक्त जेलभित्र बन्दीहरुमाथि यातना, दुव्र्यवहार र अन्य अमानवीय घटना हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ४२ बजे

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ

एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

बागलुङ– बुकीपाटनको उत्तरपट्टि देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड

साताको कार्टुन : निजामती विधेयकमा ‘बाहेक’…

काठमाडौँ – राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि