जोशी निवासमा श्रद्धाञ्जली कार्यक्रम | Khabarhub Khabarhub

जोशी निवासमा श्रद्धाञ्जली कार्यक्रम


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

चितवन– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

चितवनको टाँडीस्थित जोशी निवासमा संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारी पुगेर जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।

अध्यक्ष केसीले जोशीको निधनले सिंगो एनआरएनएनाई दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । जोशीले गौरीराज जस्तो मिहेनति र समाजसेवी छोरा जन्माएकोमा सबैले गर्व गर्नुपर्ने उनले बताए ।

अध्यक्ष केसीले गौरीराजसहित परिवारका सबैलाई आमाले देखाएको सतकर्मको बाटोमा सधैँ हिँडिरहन आग्रहसमेत गरे। ‘गौरीजी जस्तो सामाजिक व्यक्तित्वलाई उनले जन्माउनु भयो। एनआरएनएको अभियानमा इटा थप्न उनको पनि भूमिका छ। उनको आमाले पुर्‍याएको योगदान गैरआवासीय नेपालीले सधैँ सम्झिरहने छ,’ उनले भने।

स्वास्थ्यमा समस्या आएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएकी जोशीको ७२ वर्षको उमेरमा उपचारका क्रममा गत बिहीबार निधन भएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : २६ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि