विश्वकप छनोट खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा « Khabarhub

विश्वकप छनोट खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट विश्व्कप छनोटका लागि १४ जना खेलाडी छानिएका छन् । कप्तान पारस खड्काको नेतृत्वमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

छनौट भएको नेपाली टोलीमा राष्ट्रिय टोलीका कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा छन् । यस्तै, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।

त्यस्तै कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, सुसान भारी र आरिफ शेखलाई वैकल्पिक खेलाडीका रुपमा छनौट गरिएको छ ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : ५८ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी