प्रधानमन्त्री ओलीको गृहजिल्लामा सडकमै गरियो रोपाईं (फोटो फिचर) « Khabarhub

प्रधानमन्त्री ओलीको गृहजिल्लामा सडकमै गरियो रोपाईं (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका स्थानीयले सडकमा धान रोपेका छन् ।

बिर्तामोडबाट भद्रपुर जाने सडक जीर्ण भएपनि मर्मत नगरिएको र हिलोले हिँड्नसक्ने अवस्थामा नपुगेको भन्दै स्थानीयले सडकमै धान रोपेका हुन् ।

पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे भएपछि बिर्तामोडका व्यापारी र स्थानीयले सडकमै धान रोपेर विरोध गरेका हुन् ।

सडकमा धान रोपाइको सांकेतिक विरोध सकिएपछि कार्यक्रममा सहभागीहरुले सोही स्थानमा बसेर दही चिउरा समेत खाएका छन् ।

व्यापारीसमेत रहेका सन्तोस अग्रवालको घर अगाडि आयोजना गरिएको सडक रोपाइ कार्यक्रम रहन नभइ बाध्यता भएको उनीहरुले बताएका छन् ।

‘अहिले ठाउँ–ठाउँमा पानी जमेको छ, पसल अगाडी जताततै सडक हिलाम्मे भएको छ’, व्यापारी अग्रवालले भने, ‘भद्रपुर रोडको यस्तो दुर्दशालाई सरकार समक्ष पुर्याउन यहाँका जनताले विरोध स्वरूप सडककै धान रोपेको हो ।’ असार १५ मा खेतमा धान रोप्नु पर्नेमा हामी बाध्य भएर सडकमै धान रोप्नु परेको हो ।’

सडक मर्मत नगरेको भनेर स्थानीय आक्रोशित भइरहेको बेलामा बिर्तामोड नगरपालिकाले भने उक्त सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको बताएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : २७ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर