कृष्णभीरमा बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ३० घाइते « Khabarhub

कृष्णभीरमा बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ३० घाइते


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको वेनिघाट रोराङ गाउँपालिका – ७ कृष्णभीरमा यात्रु बस र दुईवटा माइक्रोबस एक आवसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ ।

काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बर र बा २ ख ४५६७ नम्बरको दुई वटा माइक्रो एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा धादिङ महादेवस्थानका २७ वर्षीषा श्याम कुमार श्रेष्ठ रहेका छन् भने अर्की एक महिला मृतकको पहिचार खुलेको छैन । दुवैको शव गजुरी अस्पतालमा रहेको छ ।

दुर्घटनामा परि बस तथा माइक्रोमा सवार अन्य ३० जना यात्रु घाइते भएका छन् ।   घाइतेहरुको राजमार्ग अस्पतालमा सामान्य उपचारपछि १८ जनालाई थप उपचारको लागि काठमाडौं, ७ जनालाई गजुरी अस्पताल,२ जनाको चरौदी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

दुर्घटनामा परि सामान्य घाइते भएका ३ जना भने डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ५० बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा