रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन इरानले आफ्ना सैनिक क्राइमिया पठाएको अमेरिकी आरोप « Khabarhub

रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन इरानले आफ्ना सैनिक क्राइमिया पठाएको अमेरिकी आरोप


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्राइमिया पठाएको अमेरिकाले जनाएको छ । रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन इराननबाट सहयोग लिएको अमेरिकाले आरोप पनि लगाएको छ ।

रूसी सेनाका केही कर्मचारी तालिमका निम्ति क्राइमियामा रहेका राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् ।

इरानमा निर्मित ड्रोन युक्रेनभर जारी आक्रमणमा प्रयोग गर्न रूसी सेनाका जवानलाई प्रशिक्षण दिन इरानी सेनाका अधिकारी क्राइमिया सक्रिय रहेका तथा युक्रेनविरूद्ध इरानको संलग्नताले इरान रूस–युक्रेन द्वन्द्वमा प्रत्यक्षरूपमा सक्रिय रहेको पुष्टि हुने उनले बताए ।

इरानी सैन्य कर्मचारी क्रिमियाको भूमिमा पुगेका तथा ड्रोन आक्रमणमा रूसी सेनालाई सघाएका बताउँदै उनले रुसले ड्रोन प्राप्त गरिसकेको जनाएका छन् । इरानबाट भविष्यमा यस्ता ड्रोनको थप ढुवानी हुने पनि उनले बताए ।

ड्रोनको प्रयोग नजानेका रूसी सेनालाई सघाएर इरानले अमेरिकासँगको आणविक सम्झौता वार्तालाई अनिश्चितातर्फ धकेलेको छ । रूसी सेनासँगको उसको बढ्दो सम्बन्धलाई पनि अमेरिकाले अस्वाभाविक रूपमा लिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : १७ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक