के हो क्युआर कोड ? यसरी बनाउनुहोस् सजिलै « Khabarhub

के हो क्युआर कोड ? यसरी बनाउनुहोस् सजिलै


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अधिकांश कम्पनीहरुले आफ्ना उत्पादनको बक्स अर्थात बाहिरी खोलमा क्युआर कोड दिएका हुन्छन् । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ । यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ ।

यसका लागि प्रयोगकर्ताले यो कोडलाई आफ्नो स्मार्टफोनमार्फत स्क्यान गर्नु पर्ने हुन्छ । यस्तै किसिमले थुप्रै मानिसहरुले आफ्नो व्यक्तिगत विवरणका लागि पनि विकार्डको प्रयोग गर्ने गरेका छन् । जुन विवरण पढ्नका लागि एक क्युआर कोड हुन्छ । यसबाट नाम, नम्बरका साथै उपनाम, ईमेल, कम्पनीको विवरण, फोटो, फ्याक्सका साथै अन्य थुप्रै जानकारी प्राप्त गर्न सकिन्छ ।

यति धेरै जानकारी दिने यस किसिमको कोड बनाउन भने त्यति धेरै कठिन छैन । तपाईंले सहज तरिकाबाट पनि क्युआर कोड बनाउन सक्नु हुनेछ । यसका लागि कयौँ अनलाइन वेबसाइट पनि उपलब्ध छ । प्रयोगकर्ताले गुगलमा गएरमा ‘क्युआर कोड जेनेरेट’ टाइप गरी सर्च गरेमा क्युआर कोड बनाउने कयौँ वेबसाइटहरुको लिंक प्राप्त हुनेछ ।

तपाईंले सिधैँ द-क्युआरकोड-जेनेरेटर डट कम मा गएर पनि क्युआर कोड बनाउन सक्नु हुनेछ । वेबसाइटमा विकार्डको विकल्प पनि रहेको हुन्छ । त्यसमा गएर तपाईंले सबै विवरण पूर्ण रुपमा भर्नु पर्छ । त्यसपछि क्युआर कोड जेनेरेटमा गएर क्लिक गर्नुहोस् । तपाईंले भर्नु भएको विवरण क्युआर कोडको इमेज बनेर आउनेछ । यसलाई डाउनलोड गरेर स्क्यान गर्नु भयो भने तपाईंले दिनु भएको सबै विवरण देखाउने छ । यदि तपाईंको स्मार्टफोनमा क्युआर कोडलाई स्क्यान गर्ने विकल्प छैन भने गुगल प्ले स्टोरमा गई क्युआर कोड स्क्यानर एन इन्स्टल गर्न सक्नु हुनेछ ।

स्मार्टफोन प्रयोगकर्ताले आफ्नो सबै विवरण क्युआर कोडमा सुरक्षित (सेभ) गर्न सक्ने छन् । जसलाई आवश्यकताअनुसार अन्य प्रयोग कर्तालाई पठाउन पनि सक्नेछन् । तपाईंले आफ्नो विवरण पटक-पटक टाइप गरिरहनु पर्ने हुन्छ भने यो नै तपाईंका लागि सबैभन्दा उपयुक्त माध्यम हुनेछ ।

कम्पनीको उत्पादनबारे जानकारी दिने क्युआर कोड कालो र सेतो रङ्गको छिर्केमिर्के चार कोठे आकृति हुन्छ । यसभित्र थुप्रै जानकारी राख्न सकिन्छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : ०५ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा