दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिर स्थापना « Khabarhub

दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिर स्थापना


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त रअरब इमिरेट्सको दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिरको स्थापना गरिएको छ । दुबईको जेबेल अली क्षेत्रमा हिन्दू धर्मावलम्बीको मन्दिर स्थापना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त मन्दिरमा १६ देवीदेवताको प्रतिमासहित विभिन्न कार्यक्रम एवम् समारोह आयोजना गर्नका लागि सामुदायिक केन्द्रको पनि स्थापना गरिएको छ ।

दुबईका सहिष्णुमन्त्री शेख नहयान बिन मुबारक अल नहयानले केही दिनअघिमात्रै उक्त मन्दिरको उद्घाटन गरेको जनाइएको छ ।

उक्त मन्दिरको कोषका अध्यक्ष राजु श्रोफले दुबईका हिन्दूहरुलाई घरकै आभाष होस् भन्ने उद्देश्यले मन्दिरको निर्माण गरिएको हो ।

उक्त मन्दिरलाई पूजाआजाको स्थलसँगै सामुदायिक एवम् साँस्कृतिक पहुँच कार्यक्रमको आधारशीलाको रुपमा पनि हेरिएको उक्त मन्दिरको व्यवस्थापन समितिका सदस्य समेत रहेका श्रोफलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ५६ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने