जनताले अग्रगमनको पक्षमा मतदान गर्नेछन् : माधव नेपाल | Khabarhub Khabarhub

जनताले अग्रगमनको पक्षमा मतदान गर्नेछन् : माधव नेपाल


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताए । अध्यक्ष नेपालले पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा छौैँ । यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धिहरूको रक्षा र अग्रगमनको पक्षमा मतदान गर्नेछन् ।’

दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै नभएर कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न भएको उल्लेख गर्दै विज्ञप्तिमा नेकपा (एमाले) नेतृत्वका कारणले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको उनले बताए ।

‘एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने भएपछि हामीले विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन ग¥यौँ । अहिले हामी कलम चुनाव चिह्न लिएर यहाँहरूमाझ आएका छौँ’, उनले भने ।

अध्यक्ष नेपालले अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै जनताको पक्षमा आफूहरूले काम गर्ने उल्लेख गरेका छन्। सरकारले जनअपेक्षा र निर्वाचनका बेलामा जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचार र कुशासनलाई न्यूनीकरण गर्न नसकिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको विज्ञप्तिमा बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : १६ बजे

विदेश सचिव मिस्रीसँग राष्ट्रपतिले भने- भारतबाट नेपालले अझै बढी लाभ लिन चाहन्छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव

विदेश यात्रामा हुने विकृति रोक्ने अध्यागमनको प्रयास, ट्राभल एजेन्सीदेखि विमान कम्पनीसम्मलाई ७ बुँदे निर्देशन

काठमाडौं- अध्यागमन विभागले विशेष विदेश यात्रामा हुने अनियमितता, टिकट ओभरबुकिङ,

ट्रम्पद्वारा पुटिनलाई मेलानियाको ‘शान्ति पत्र’ हस्तान्तरण

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका

‘बलिदान’को टिजरमा समीरलाई ‘एक्सन किङ’को ट्याग

काठमाडौं – निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘बलिदान’को टिजरले

एशियन होटलले आईपीओ निष्कासन गर्ने 

काठमाडौं– एशियन होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कान गर्ने