पिएम कप छनोट : बैतडीको दोस्रो जीत | Khabarhub Khabarhub

पिएम कप छनोट : बैतडीको दोस्रो जीत


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा बैतडीले डडेलधुरामाथि ५५ रनको जीत हात पारेको हो ।

छनोट प्रतियोगितामा बैतडीको यो दोस्रो जीत हो । यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो । बैतडीले दिएको एक सय ९० रनको लक्ष्य पन्छाएको डडेलधुरा एक सय ५४ रनमा अलआउट भयो । उसका विशाल ऐरले ३६ र कृष्ण भट्टले ३२ रनको योगदान गरे पनि हार भने टार्न सकेनन् । डडेलधुराको पारि ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहराले ५ विकेट हात पारे । बोहराले ८ ओभरमा २ मेडन राखेर २४ रन खर्चेर ५ विकेट हात पारेका हुन् ।

यस्तै वीरेन्द्र चन्दले दुई विकेट झारे । त्यसअघि पहिला ब्याटिङ गरेको बैतडीले वीरेन्द्र नाथको उत्कृष्ट ब्याटिङमा एक सय ८९ रन बनायो । जसमा वीरेन्द्रले अर्धशतकीय पारि खेल्दै ६१ रन हिर्काए । जसमा ४ चौका र ३ छक्का सामेल थिए । यस्तै दीपक बोहराले ३१ र कप्तान वसन्त खत्रीले २४ रन जोडे । डडेलधुराका कृष्ण विष्टले ४ र कैलाश ऐर र निर्मल रोक्काले २÷२ विकेट हात पारे ।

प्रदेशस्तरीय छनोटमा यहाँका आठ जिल्लाका टोली सहभागी छन् । सहभागी टोलीहरूबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कपका लागि छनोट हुुनेछन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ४९ बजे

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान

आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ ।

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर