पिएम कप छनोट : बैतडीको दोस्रो जीत « Khabarhub

पिएम कप छनोट : बैतडीको दोस्रो जीत


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा बैतडीले डडेलधुरामाथि ५५ रनको जीत हात पारेको हो ।

छनोट प्रतियोगितामा बैतडीको यो दोस्रो जीत हो । यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो । बैतडीले दिएको एक सय ९० रनको लक्ष्य पन्छाएको डडेलधुरा एक सय ५४ रनमा अलआउट भयो । उसका विशाल ऐरले ३६ र कृष्ण भट्टले ३२ रनको योगदान गरे पनि हार भने टार्न सकेनन् । डडेलधुराको पारि ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहराले ५ विकेट हात पारे । बोहराले ८ ओभरमा २ मेडन राखेर २४ रन खर्चेर ५ विकेट हात पारेका हुन् ।

यस्तै वीरेन्द्र चन्दले दुई विकेट झारे । त्यसअघि पहिला ब्याटिङ गरेको बैतडीले वीरेन्द्र नाथको उत्कृष्ट ब्याटिङमा एक सय ८९ रन बनायो । जसमा वीरेन्द्रले अर्धशतकीय पारि खेल्दै ६१ रन हिर्काए । जसमा ४ चौका र ३ छक्का सामेल थिए । यस्तै दीपक बोहराले ३१ र कप्तान वसन्त खत्रीले २४ रन जोडे । डडेलधुराका कृष्ण विष्टले ४ र कैलाश ऐर र निर्मल रोक्काले २÷२ विकेट हात पारे ।

प्रदेशस्तरीय छनोटमा यहाँका आठ जिल्लाका टोली सहभागी छन् । सहभागी टोलीहरूबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कपका लागि छनोट हुुनेछन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ४९ बजे

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या