रूसले जलविद्युतको बाँध भत्काउने योजना बनाएको युक्रेनको दाबी « Khabarhub

रूसले जलविद्युतको बाँध भत्काउने योजना बनाएको युक्रेनको दाबी


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कीभ –   रुसले दक्षिणी खेरसन क्षेत्रमा एक जलविद्युत बाँध भत्काउने योजना बनाएको युक्रेनले आरोप लगाएको छ । युक्रेनी सैनिकहरू निरन्तर अघि बढिरहेका छन् र मस्को–स्थापित अधिकारीहरूले उद्धार सुरु गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत् आयोजनालाई विस्फोट गराउने उद्देश्यले उत्खनन गरेको बताए ।

जेलेन्स्कीले बिहीबार युरोपेली नेताहरूलाई दिएको सम्बोधनमा तल्लो निप्रो नदीवरपरका लाखौं मानिसहरू बाढीको जोखिममा पर्ने चेतावनी दिए।

दक्षिणमा पानीको आपूर्ति कटौती गर्दा युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक ऊर्जा संयन्त्रको चिस्यान प्रणालीमा पनि असर पर्न सक्ने उनले बताए ।

सन् २०१४ देखि रूसले कब्जा गरेको क्रिमियालाई महत्वपूर्ण पानी आपूर्ति गर्ने उत्तरी क्रिमियाली नहर पनि नष्ट हुन सक्छ । जेलेन्स्कीका सल्लाहकार माइखाइलो पोडोल्याकका अनुसार रुसको लक्ष्य यस क्षेत्रमा युक्रेनी आक्रमण रोक्नु र रुसी सेनाको सुरक्षा गर्नु हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ०५ बजे

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त