विश्वकप क्रिकेट : भारतविरुद्ध इङ्ग्ल्याण्ड गर या मरको अवस्थामा « Khabarhub

विश्वकप क्रिकेट : भारतविरुद्ध इङ्ग्ल्याण्ड गर या मरको अवस्थामा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध खेल्दैछ । बर्मिङ्घमस्थित इडनबर्गमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुँदैछ ।

आजको खेलमा भारत अपराजित रहँदै विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा छ भने घरेलु टोली भारतको अपराजित यात्रा रोक्ने लक्ष्यमा हुने छ ।

पछिल्ला २ खेलमा लगातार हार ब्यहोरेको इङ्ग्ल्याण्ड सेमिफाइनलका लागि संघर्षरत छ भने आजको खेल उसका लागि जित्नै पर्ने दबाब पनि छ । आठौं खेल खेल्न लागेको इङ्ग्ल्याण्ड आजको खेलमा जीत निकाल्दै शीर्ष चारमा उक्लिने लक्ष्यमा रहेको छ ।

७ खेलबाट ८ अंक जोडेर इङ्ग्ल्याण्ड पाँचौ स्थानमा छ भने पाकिस्तान ९ अंकसहित चौथो स्थानमा हुँदा इङ्ग्ल्याण्डका लागि भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

यता भारत भने आफ्नो ६ खेलमा अपराजित रहँदै ११ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । भारत आजको खेलमा पराजित भएपनि उसको सेमिफाइनल यात्रा लगभग पक्का छ । अहिलेसम्म सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलिया १४ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : २४ बजे

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा