विश्वकप क्रिकेट : भारतविरुद्ध इङ्ग्ल्याण्ड गर या मरको अवस्थामा « Khabarhub

विश्वकप क्रिकेट : भारतविरुद्ध इङ्ग्ल्याण्ड गर या मरको अवस्थामा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध खेल्दैछ । बर्मिङ्घमस्थित इडनबर्गमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुँदैछ ।

आजको खेलमा भारत अपराजित रहँदै विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा छ भने घरेलु टोली भारतको अपराजित यात्रा रोक्ने लक्ष्यमा हुने छ ।

पछिल्ला २ खेलमा लगातार हार ब्यहोरेको इङ्ग्ल्याण्ड सेमिफाइनलका लागि संघर्षरत छ भने आजको खेल उसका लागि जित्नै पर्ने दबाब पनि छ । आठौं खेल खेल्न लागेको इङ्ग्ल्याण्ड आजको खेलमा जीत निकाल्दै शीर्ष चारमा उक्लिने लक्ष्यमा रहेको छ ।

७ खेलबाट ८ अंक जोडेर इङ्ग्ल्याण्ड पाँचौ स्थानमा छ भने पाकिस्तान ९ अंकसहित चौथो स्थानमा हुँदा इङ्ग्ल्याण्डका लागि भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

यता भारत भने आफ्नो ६ खेलमा अपराजित रहँदै ११ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । भारत आजको खेलमा पराजित भएपनि उसको सेमिफाइनल यात्रा लगभग पक्का छ । अहिलेसम्म सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलिया १४ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : २४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु