चर्को ब्याजदरविरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट « Khabarhub

चर्को ब्याजदरविरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्को ब्याजदरविरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन् । उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको यथार्थ तर, कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजुदा वास्तविकता र विगतको अनुभवलाई मनन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा न्यूनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर घटाउन सकिने अवस्था रहेकोतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराइएको छ । हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको साँवा ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैंकबाट पहल हुनुपर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको छ ।

मौजुदा परिवेशबाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसाय धमाधम धरासायी बन्दै गएको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रीय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनुपर्नेतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा ज्ञापनपत्र बुझाउन भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुर थिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी सङ्घका प्रतिनिधिको जिल्ला प्रशासन कार्यालय पुगेका छन् । ज्ञापनपत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले प्रजिअ शर्मालाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ४७ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००