बैंकमा पालो कुदै वृद्धवृद्धा | Khabarhub Khabarhub

बैंकमा पालो कुदै वृद्धवृद्धा


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन्।

बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन्। तीन घण्टाभन्दा बढी हिँडेर बैंकमा आएका जेष्ठ नागरिकले पालो नपाउँदा भुइँमा बसेर सेवा लिन बाध्य भएको बताएका छन्।

बैंकको अगाडि साना हलुका सवारी साधन रोक्ने र टिकट काट्ने ठाउँसमेत रहेको सिटिजन्स बैंक अगाडि सेवा लिन पुगेका जेष्ठ नागरिकहरु चिसो भुइँमा बसेर हैरान खेप्नु परेको छ। घरमा लिएर भत्ता बुझाइदिएको भए यति धेरै दुःख गर्नुपर्ने अवस्था नहुने भेरी १ रिम्नाकी पबी रानाले बताए।

बुढेसकालमा भत्ता बुझन नै बैंकमा आएर लाइन लाग्नु पर्ने , ठाउँ नभएर सडकमा बस्नु पर्ने बाध्यता नहुने उनले बताए। बैंकले बस्ने व्यवस्थापन नगर्दा आफूहरुले समस्य खेप्नु परेको अर्का जेष्ठ नागरिक रामबहादुर ओलीले बताए।

सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जना जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिँदै आएको म्यानेजर टरर्जन अधिकारीले बताए। उनका अनुसार सुरुमै सामाजिक सुरक्षा वितरण गर्ने जिल्लाकै पहिलो बैंक सिटिजन्स रहेको दाबी गनुभयो। एकै पटक धेरै व्यक्ति आउने भएकाले समस्या भएको उनको भनाइ छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ३३ बजे

आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि, मैदानमै रोए विराट कोहली

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग

नियमावली स्थगन निर्णयमा सेल्फ ड्राइभ तथा राइड सेयरिङ व्यवसायीको आपत्ति

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ

आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा

ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा

काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम

यातायात व्यवसायीले रोके आन्दोलन, गाडी चलाउने

काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन