आयरल्यान्ड सुपर १२ मा, वेस्ट इन्डिज बाहिरियो | Khabarhub Khabarhub

आयरल्यान्ड सुपर १२ मा, वेस्ट इन्डिज बाहिरियो


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई पटकको विश्व विजेता वेस्ट इन्डिज अस्ट्रेलियामा जारी २० विश्वकप क्रिकेटबाट बाहिरिएको छ।

शुक्रबार राति आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको सुपर १२ पुग्ने सम्भावना सकिएको हो। एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७.३ ओभरमा मात्र एक विकेट क्षतीमा भेट्टायो। आयरल्यान्डका लागि पाउल स्टर्लिङले अविजित ६६ र लोकान टर्करले अविजित ४५ रन जोडे।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार पारेको थियो। वेस्ट इन्डिजका ब्रान्डन किंगले अविजित ६२,जोन्सन चाल्र्सले २४ रन जोडे। आयरल्यान्डका गारेथले ३ विकेट लिए।

सन् २०१२ र २०१६ को टी २० विश्वकप विजेता वेस्ट इन्डिज यस पटक भने समूह चरणबाट बाहिरिएको हो। समूह बी बाट ३ खेलमा २ जितपछि ४ अंकसहित शीर्ष स्थानमा बस्दै सुपर १२ मा प्रवेश गरेको छ। ३ खेलमा २ अंक मात्र जोडेको वेस्ट इन्डिजको यात्रा समूह चरणबाट माथि उठ्न सकेन। दोस्रो स्थानको स्कटल्यान्ड र जिम्बाब्वेको समान २ अंक छ। यी दुई बीचको विजेताले पनि सुपर १२ स्थान बनाउने छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ५२ बजे

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान

आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ ।

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर