इमरान खान आगामी पाँच वर्ष चुनाव लड्न नपाउने « Khabarhub

इमरान खान आगामी पाँच वर्ष चुनाव लड्न नपाउने


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्ष चुनाव लड्न नपाउने गरी लगाएको छ।

गठबन्धन सरकारले विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट पाएको उपहार बिक्रीबाट प्राप्त रकमको विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै उक्त आदेशको माग गरेको थियो। सोही अनुसार आयोगले गैर कानुनी रूपमा उपहार बेचेको आरोपमा सार्वजनिक पदमा बस्नबाट रोक लगाइदिएको हो।

खानले यसअघि यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताएका थिए। उनका वकिलहरूले आयोगको फैसलालाई उच्च अदालतमा चुनौती दिने बताएका छन्। निर्वाचन आयोगको पाँच सदस्यले गरेको सर्वसम्मत निर्णय पूर्व प्रधानमन्त्रीका लागि ठूलो झट्का भएको बीबीसीले टिप्पणी गरेको छ।

उनले गत महिना प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा प्राप्त गरेका कम्तीमा चार उपहारहरू बेचेको स्वीकार गर्दै सो रकम आफ्नो आयकर रिटर्नमा समावेश गरिएको बताएका थिए। उपहारहरूमा रोलेक्स घडीहरू, एउटा औँठी र कफ लिङ्कहरूको एक जोडी समावेश थियो। सरकारी अधिकारीहरूले ओहदामा हुँदा प्राप्त सबै उपहारहरू घोषणा गर्नुपर्छ तर तिनीहरूलाई निश्चित मूल्यभन्दा कम राख्न अनुमति दिइन्छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : २६ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण