खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्छ : उपाध्यक्ष पोखरेल « Khabarhub

खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्छ : उपाध्यक्ष पोखरेल


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गरे । 

उनले किर्तिपुरको रङ्गशालाको स्तरोन्नति, सातै प्रदेशमा क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने, एक पालीका एक खेलकुदग्रामको कार्यक्रम अन्तर्गत करिव दुईसय पालिकामा कामको सुरुवात लगायतका कार्यहरू एमाले सरकारले नै गरेको धारणा राखे ।

त्यस्तै प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातिक बजेट वितरणको थालनी पनि आफ्नै पार्टीको सरकारले गरेको उनले बताए ।

त्यस्तै पोखरेलले खेलाडी बिमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको दाबी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने जिकिर गरे । पोखरेलले आगामी निर्वाचन केवल निर्वाचन मात्रै नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए । 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  २ : ३८ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,