दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाले ‘भ्रष्टाचार र देशद्रोह’ गरेको पूर्वराष्ट्रपति जुमाको आरोप | Khabarhub Khabarhub

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाले ‘भ्रष्टाचार र देशद्रोह’ गरेको पूर्वराष्ट्रपति जुमाको आरोप


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आफ्ना उत्तराधिकारी सिरिल रामाफोसाले ‘भ्रष्टाचार र देशद्रोह’ गरेको आरोप लगाएका छन् ।

यसै वर्षको सुरुमा रामाफोसाले आफ्नो सुविधासम्पन्न गोठमा करोडौं डलरको नगद लुकाएको भन्ने आरोपबारे जुमाले पहिलो पटक प्रतिक्रिया दिँदै ‘राष्ट्रपति भ्रष्ट भएको’ बताएका हुन् ।

जोहानेसबर्गमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रपतिले देशद्रोह गरेका छन् । कुनै पनि राष्ट्रपतिले पदमा रहँदा निजी व्यवसाय सञ्चालन गर्नु हुँदैन ।”

उनले भने, “यो राष्ट्रपतिले लिएको सपथ विपरीत कार्य हो । हाम्रो देशको राष्ट्रपतिका लागि समस्याहरूको ठूलो थुप्रो छ तर उहाँ आफ्नो बचाउका लागि व्यस्त हुनुहुन्छ ।”

पूर्व राष्ट्रिय गुप्तचर प्रमुख आर्थर फ्रेजरले देशको उत्तरपूर्वमा रहेको रामाफोसाको फाला फाला फार्म नामक गोठबाट फर्निचरमा लुकाएर राखिएको अवस्थामा ४० लाख अमेरिकी डलर नगद फेला परेको र उक्त रकमको स्रोत नखुलेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि यो छानबिन सुरु भएको थियो ।

जुमाका सहयोगी फ्रेजरले रामाफोसाले प्रहरी र कर अधिकारीहरूबाट डकैती गरी पैसा लुकाएको आरोप लगाएका थिए । राष्ट्रपतिले उक्त घटनामा संलग्न लुटेराहरूको अपहरण गरी सोधपुछ गर्ने व्यवस्था गरेको र त्यसपछि उनीहरूलाई मौन बस्न घुस दिइएको फ्रेजरको आरोप छ ।

राष्ट्रपतिले चोरी भएको स्वीकार गरेका छन् तर, अपहरण र घूसखोरीको आरोप अस्वीकार गर्दै आफूले प्रहरीलाई घटनाबारे जानकारी गराएको बताएका छन् ।

रामाफोसाले यसमा संलग्न रकमको बारेमा पनि विवाद निकालेको बताइएको छ । उक्त नगद पशु–प्रजनन फार्मको कामको वैध कारोबारबाट आएको उनको तर्क छ ।

दक्षिण अफ्रिकाको भ्रष्टाचार विरोधी निगरानी निकाय र प्रहरीले यस घटनाबारे अनुसन्धान सुरु गरेको छ । यस सम्बन्धमा पूर्वराष्ट्रपति जुमाले भने, “वर्तमान राष्ट्रपतिविरुद्ध धेरै अपराधका बारे उठेका प्रश्नमा मौनता रहेको छ ।”

रामाफोसाले पार्टीको वर्षको अन्त्यमा हुने सम्मेलनमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने अपेक्षा गरिएसँगै सत्तारुढ अफ्रिकन नेसनल काङ्ग्रेस पार्टीभित्र चर्किरहेको तनावबीच यो मुद्दाले राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ३९ बजे

राहुघाट हाइड्रोको निर्माण प्रगति ८० प्रतिशत

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै

जनकपुरधाम-  मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका

सुनसान‘ रिहार’ धाम

दाङ – पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९

पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल

काठमाडौं – पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन

ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन

लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो