सीमा नाका व्यवस्थित गर्न जरुरी : गृहमन्त्री खाण « Khabarhub

सीमा नाका व्यवस्थित गर्न जरुरी : गृहमन्त्री खाण


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले आज भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुकहरू विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुनपर्ने जरुरी रहेको औँल्याए । 

मन्त्री खाणले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढङ्गले सरकार अगाडि बढ्ने विश्वास दिलाए ।  ‘मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुक विरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुनपर्ने छ । यसतर्फ सरकार लागि परेको छ’, उनले भने, ‘निर्वाचन लगत्तै सबै सीमा नाका व्यवस्थित गर्ने काम सुरु हुन्छ ।’ स्थल नाका सुव्यवस्थित गर्ने कामको सुरुवात निर्वाचनपछि सरकारले रूपन्देहीको बेलहीया नाकाबाट गर्ने उनले प्रतिबद्धता जनाए । उनले नाका सुव्यवस्थित गराउन निर्माण गर्नुनपर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्जुस्याईँ नगर्ने बताए । 

मन्त्री खाणले बेलहीयामा बन्ने एकीकृत जाँच चौकी (आइसीपी) निर्माणका लागि नेपाल सरकारले कूटनीतिक र राजनीतिक रुपमा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विस्वस्त रहेको बताए। ‘नेपाल र भारतको संयुक्त प्रयासमा आइसीपी निर्माण हुने हो ।’ मन्त्री खाणले भने, ‘आइसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौँ । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निर्माणमा ढिलाई भएको हो । जग्गा अधिग्रहण गरी निर्माण प्रक्रिया अगाडि बढाउन नेपालले भारत सरकारसँग कूटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढाइएको छ ।’ 

अधुरो रहेको बेलहिया–बुुटवल व्यापारिक मार्गअन्तर्गत बेलहिया खण्डको अपूरो रहेको सडक निर्माण तनी-चार महिनाभित्रै सम्पन्न हुने पनि उनले बताए । विशेष आर्थिक क्षेत्र ‘सेज’ मा नियमित विद्युत् आपूर्ति र सञ्चालन कार्यविधिमा उद्योगी व्यवसायीले राख्दै आएका माग सकारात्मक रहेको उनले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ११ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन