अफगानिस्तानविरुद्ध इंग्ल्यान्डको संघर्षपूर्ण जित « Khabarhub

अफगानिस्तानविरुद्ध इंग्ल्यान्डको संघर्षपूर्ण जित


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डले विजयी सुरुवात गरको छ । आज भएको खेलमा युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय १३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा लियाम लिभिङस्टोन २१ बलमा ३ चौकासहित २९ रनमा अविजित रहे ।

कप्तान जस बटलर १८ बलमा ३ चौकासहित १८, एलेक्स हेल्स १९ र डेविड मलान १८ रन बनाए । बेन स्टोक्स दुई र ह्यारी ब्रुक ७ रनमा आउट भए । मोईन अली १० बलमा ८ रनमा अविजित रहे । अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर हमान, राशिद खान, फरिद मलिक र मोहम्मद नाबीले एक एक विकेट लिए ।

त्यसअघि पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान १९.४ ओभरमा १ सय १२ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि इब्राहिम जद्रानले ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । उस्मान घानीले ३० बलमा ३ चौकासहित ३० रन बनाए ।

इंग्ल्यान्डका साम करनले ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मार्कवुडले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले एक विकेट लिए ।

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । पहिलो खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । इंग्ल्यान्डले २६ अक्टोरमा आयरल्यान्डसँग खेल्नेछ । अफगानिस्तानले त्यसै दिन न्युजिल्यान्डसँग खेल्नेछ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ३१ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र