अध्यागमन कार्यालयका सुब्बाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

अध्यागमन कार्यालयका सुब्बाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका नायब सुब्बा ललित कुमार झाविरुद्ध डेढ करोड रुपैयाँ बढी बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले झासहित उनकी श्रीमत सुचिता देवी झाविरुद्ध पनि सोहीअनुसार बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनबाट १७ असार २०४० देखि सरकारी सेवा प्रवेश गरेका झाले गत ज्येष्ठ मसान्तसम्म बैध स्रोतबाट २ करोड २८ लाख ६४ हजार २ सय ८ रुपैयाँ बराबर आम्दानी गरेका छन् । तर, सोही अवधिमा झाले आफूसहित आफ्नी श्रीमती सुचिताको नाममा ३ करोड ८५ लाख ४३ हजार २ सय ३४ रुपैयाँ बराबरको लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

झाले खर्च तथा लगानी गरेको रकममध्ये १ करोड ५६ लाख ७९ हजार २७ रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले उनीविरुद्ध सोही रकम बराबर बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ४५ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा