लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको कार्यसमिति चयन | Khabarhub Khabarhub

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको कार्यसमिति चयन


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा बिष्णु बस्याल निर्वाचित भएका छन् । आज सन्धिखर्कमा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष बस्यालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमितिको सर्वसहमत गठन गरेको हो ।

जसको उपाध्यक्षमा कमल प्रसाद पोख्रेल,सचिव तिर्थराज आचार्य,सह–सचिव मन्जु घिमिरे र कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छन् ।

यस्तै समितिको सदस्यमा गोपाल प्रसाद भट्टराई, सिता बन्जाडे, राम बसु, कृष्ण प्रसाद भुसाल, नारायण खनाल र महेश्वर पन्थी छनौंट भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको आजै बसेको प्रथम बैठकले माधवराज चुंदाली संयोजक रहेको ११ सदस्यीय सल्लाहकार समितिको चयन गरेको अध्यक्ष बिष्णु बस्यालले जानकारी दिए ।

महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर गरिएको अधिवेशनको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिषि आजादले समुद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : २४ बजे

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’लोकार्पण

काठमाडौं – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इन्जिनियर

विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा