व्यवस्था बदल्यौँ, अब प्रवृत्ति बदलौँ : धनराज गुरुङ | Khabarhub Khabarhub

व्यवस्था बदल्यौँ, अब प्रवृत्ति बदलौँ : धनराज गुरुङ


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा व्यवस्था बदलिए पनि प्रवृत्ति नबदलिएको बताएका छन्। उनले व्यवस्था परिवर्तन भए पनि अवस्था पुरानै र परिवर्तन हुन नसकिरहेको अवस्थामा अब भ्रष्ट प्रवृत्तिको विरोध गरी प्रवृत्ति नै बदल्नु आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ (क)ले आज वालिङमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै उनले भ्रष्टाचारकै कारण देश समृद्धितर्फ जान नसकेको उल्लेख गर्दै अब सबै जना एकजुट भई जरो गाडेर रहेको भ्रष्टाचारको अन्त्यका लागि लाग्नुपर्ने बेला आएको धारणा राखे ।

‘भ्रष्टाचारकै कारण देश अगाडि बढ्नुको सट्टा पछाडि–पछाडि धकेलिँदै छ’, उनले भने, ‘अब पनि यस्तो अवस्था रहिरहे समृद्धि सम्भव छैन, अगाडि होइन, पछाडितर्फ धकेलिन्छौँ ।’

देशको विकास गर्छु भन्नेहरू पहिला आफैँबाट सुध्रिनु आवश्यक रहेको गुरुङले बताए । अरुलाई सुधार्नुपूर्व आफैँ सुध्रिनु आवश्यक छ अनि बल्ल अरुलाई सुधार्न सहज हुने उनले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ३१ बजे

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष